२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

प्रतिनिधिसभाको बैठक आज बस्दै

2012 Shares
Spread the love

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि संघीय संसद्मा पेश गरेको नीति तथा कार्यक्रममाथि आज (आइतबार)बाट छलफल हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार सरकारका तर्फबाट संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन । प्रतिनिधिसभाको आज बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ ।

बैठकमा विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नयाँ शक्ति नेपालका डा. बाबुराम भट्टराईसहितले बोल्ने तयारी छ । नीति तथा कार्यक्रम आगामी मंगलबार पारित गर्ने सरकारको तयारी छ ।

नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले प्रयोग गरेको भाषालाई लिएर विवाद भएको छ । सत्तारुढ दलभित्रैका सांसदहरुले पनि त्यसको कडा आलोचना गरेका छन् ।

राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘मेरो सरकार’ भनेको विषय सर्वत्र आलोचना भएको छ । यसको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो सरकार’ भन्नु अन्तर्राष्ट्रिय प्रचलन भएको बताएका थिए । उनले नीति तथा कार्यक्रमको बचाउ गर्न नेकपाका सांसदहरुलाई निर्देशनसमेत दिएका छन् ।

प्रतिक्रिया