२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

नयाँ शक्ति–फोरम पार्टीबिच एकता,संघीय परिषद अध्यक्षमा भट्टराई, कार्यकारीमा यादव

1721 Shares
Spread the love

काठमाडौं – संधीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच वैशाख २३ गते पार्टी एकता गर्ने सहमति भएको छ । पार्टी एकता घोषणाका लागि प्रज्ञा भवनमा कार्यक्रमको आयोजना गरएको छ ।

पार्टी एकता भएको भोलिपल्ट अर्थात २४ गते संयुक्त बैठक बस्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै २६ गते एकीकृत दल दर्ताको लागि निर्वाचन आयोग जाने कार्यक्रम तय भएको छ ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमको एकतापछिको एकीकृत दलमा दुई अध्यक्ष रहने भएका छन् ।

उपेन्द्र यादव पार्टीको कार्यकारी अध्यक्ष बन्ने छन् भने डा बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष बन्ने भएका छन् । त्यस्तै अशोक राई वरिष्ठ नेता हुनेछन् ।

एकीकृत पार्टीमा २४ जना पदाधिकारी रहनेछन् । जसमा फोरमबाट १५ जना र नयाँ शक्तिबाट ९ जना रहने छन् । ४३१ जनाको केन्द्रीय समिति बनाउने सहमति दुई दलबीच भएको छ ।

एकीकृत पार्टीको महाधिवेशन आगामी असोज ७,८,र ९गते जनकपुरमा गर्ने सहमति भएको उपेन्द्र यादव पक्षका नेता अर्जुन थापाले जानकारी दिए ।

प्रतिक्रिया