२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओली भन्छन् ‘शान्ति प्रक्रियामा नआए चन्दको अस्तित्व सकिन्छ’

1735 Shares
Spread the love

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा नआए नेत्रविक्रम चन्द समूहको अस्तित्व नै सकिने चेतावनी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले पृथकतवादको अन्त्य गरेसँगै विप्लव समूहको नाममा हुने क्रियाकलाप पनि नियन्त्रण गर्न थालेको बताए ।

हतियार बुझाएर हिंसा नत्यागे समूह नै समाप्त हुने अवस्थामा पुग्ने चेतावनी दिँदै उनले, ‘पृथकतावाद अन्त्य गर्यौं र विप्लव समूहको नाममा मच्चाइएको त्रासलाई पनि नियन्त्रण गर्छौ । उनीहरुले हिंसाको बाटो छोड्नु, हतियार बुझाउने, सकेसम्म छिटो शान्ति प्रक्रियामा आउनु हितकर हुनेछ । त्यसो नगरे असहज अवस्थाबाट अप्ठ्यारो ढंगले समाप्त हुने अवस्थामा पुग्छन् ।’ भने ।

उनीहरुको क्रियाकलाप गैरकानुनी र असंवैधानिक भएकाले सरकारले प्रतिबन्ध लगाएको उनको भनाइ थियो । सरकारले बम पड्काउन, मान्छे मार्न, मान्छेलाई तर्साएर जतिपनि पैसा असुल्न अनुमति दिन नसक्ने उनले प्रष्ट गरेका हुन् ।

उनीहरुका क्रियाकलाप अबैध, हानिकारक, असंबैधानिक र गैरकानुनी भएकाले आतंककारी गतिविधिमा प्रतिबन्ध लगाईएको प्रधानमन्त्री ओलीको जिकीर थियो ।

प्रतिक्रिया