२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

कांग्रेसका छायामन्त्रीको सूची तयार : गगनले राेजे शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

1533 Shares
Spread the love

काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरुबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय भएको छ । २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो । गगन थापा, डा. मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, मानबहादुर विश्वकर्मा, बन्दी पाण्डेलगायत नेता प्रस्तावित मन्त्रीको सूचीमा छन् ।

सभापति शेरबहादुर देउवाले अन्तिम टुंगो लगाएपछि छाया सरकार घोषणा गर्ने तयारी छ । ‘हामीले सरकारका कामलाई नजिकबाट निगरानी गर्न छाया सरकार गठन गर्ने पूर्वघोषणाअनुसार सम्बन्धित मन्त्रालय हेर्ने संयोजकको लगभग टुंगो लगाएका छौँ,’ कांग्रेस स्रोतले भन्यो, ‘घोषणा हुँदासम्म तोकिएका नाममा मन्त्रालयको हेरफेर हुन सक्छ, तर नाम भने यिनै हुनेछन् ।’ यो समाचार रमेश सापकोटाले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रतिक्रिया