२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

गोविन्द केसीको माग पूरा नगरे स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी

1308 Shares
Spread the love

काठमाडौं। नेपाल चिकित्सक संघले आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य सम्बन्धि माग तत्काल सम्बोधन नगरे देशभरका स्वास्थ्य सेवा बन्द गराउन बाध्य हुने चेतावनी सरकारलाई दिएको छ।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्यसम्बन्धि माग तत्काल सम्बोधन नभए इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गराउन आफूहरु बाध्य हुने चेतावनी दिएका हुन्।

उनले वरिष्ठ  चिकित्सक केसीको स्वास्थ्य बाहेकका अन्य मागसँग भने संघलाई कुनै सरोकार नरहेको दाबी गरे। अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई भेटेर आफूले समस्या समाधानका लागि उच्च स्तरीय समिति तत्काल बनाउन माग गरिएको पनि जानकारी दिए।

संघले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन विगत ३ दिनयता हातमा कालो पटट्ी बाँधेर विरोध प्रर्दशन गर्दै आएको छ । अध्यक्ष श्रेष्ठले वरिष्ठ चिकित्सक केसीको मागलाई राजनीतिक आवरणबाट हेर्न नहुने जनाएको छ।

 

प्रतिक्रिया