२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

मे १ गौरवमय दिन : प्रधानमन्त्री ओली

1456 Shares
Spread the love

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर श्रृजना गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । आजको दिन हरेक वर्ष संसारभरका मजदूरहरुले विशेष उत्सव मनाउने गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले मे १ लाई गौरवमय दिनको संज्ञा दिएका छन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा यस गौरवमय दिनको अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीवहिनी एवं दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना प्रकट गरेका छन् ।
नेपालको राजनीतिक र सामाजिक परिवर्तनका लागि मजदुर वर्गले गरेको योगदानको प्रधानमन्त्री ओलीले उच्च सम्मान प्रकट गरेका छन् । ‘राजनीतिक–सामाजिक परिवर्तनको ध्येयका साथ भएका नेपालका हरेक संघर्षको घडीमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएका छन्’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ, ‘मे दिवसको यस अवसरमा म नेपालको लोकतान्त्रिक आन्दोलनमा काँधमा काँध मिलाउँदै युगान्तकारी राजनीतिक–सामाजिक परिवर्तन हासिल गर्न श्रमजीवी वर्गले पु¥याएको योगदानप्रति उच्च सम्मान प्रकट गर्दछु ।’

सरकारले श्रमजीवीहरुको हक–अधिकार सुनिश्चित गर्दै श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयन गराउने क्रममा श्रमिकहरुको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशतले वृद्धि गरी सकेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । ‘श्रम ऐनकै व्यवस्थावमोजिम श्रमिकहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी नियमावली र कार्यविधिसमेत तयार भइसकेको छ’, प्रधानमन्त्री ओलीको सन्देशमा भनेका छन् ‘पूर्व प्रतिवद्धताअनुरुप सरकारले आगामी आर्थिक बर्ष देखि लागु हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा गरिसकेको छ ।’

प्रतिक्रिया