२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

स्वास्थ्यमा असहज महसुस भएपछि राष्ट्रपति भण्डारी आजै स्वदेश फर्किंदै

897 Shares
Spread the love

काठमाडौँ — चीन भ्रमणको क्रममा तिब्बतको राजधानी ल्हासा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्य अवस्था असहन (सहन नसक्ने) भएपछि बुधबार नै नेपाल फिर्ता हुने भएकी छिन् ।

राजधानी बेइजिङबाट मंगलबार ल्हासा पुगेकी राष्ट्रपति भण्डारीलाई त्यहाँ केही असहज महसुस भएको थियो। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार राष्ट्रपति अहिले १०ः४० को विमानबाट नेपाल फिर्ता आउन लागेकी हुन्।

‘राष्ट्रपतिज्यूलाई हाई अल्टिच्युडको समस्या भएको जस्तो देखिन्छ,’ उनले भने, ‘त्यसैले भोली फिर्ता हुने कार्यक्रम भएपनि त्यसलाई रद्द गरेर आजै स्वदेश आउन लाग्नुभएको हो।’

प्रतिक्रिया