काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य कृष्ण राईको संयोजकत्वमा स्थानिय विकास निमार्णका कार्यहरुमा अनुगमन भएको छ ।

चालु आर्थिक बर्ष ०७५/०७६ का स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत स्विकृत योजनाहरुको सांसद राईको संयोजकत्वमा अनुगमन भएको हो । काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ का लागी स्विकृत आयोजनाहरुको स्थानिय पूर्वाधार विकास साझेदारी नियमावली २०७५ को नियम १५ बमोजिम सुपरीवेक्षण तथा अनुगमन कार्यक्रम निर्देशक समितिका संयोजक समेत रहेका राई सहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमन कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिव सुन्दर वैद्य, उपप्रमुख सरिता दाहाल,जिल्ला समन्नवय समिति अधिकारी पीताम्वर अधिकारी र सदस्य द्व्य उद्धव भण्डारी र सान्नानी लामा सहितको टोलीले अनुगमन गरेको हो ।
कागेश्वरी मनोहरा नगरपालिका भित्र रहेका योजना मध्ये वडा २ स्थित फुयाल गाउँ-पुवारगाउँ सडक स्तरोन्नती,वडा ३ स्थित मट्यांग्ररी ढीक -घाटेपाटी-वागमतीपुल सडक मर्मत तथा सुधार स्तरोन्नती,वडा १ स्थित सातघाटे अधिकारीगाउँ सडक तथा सुधार विस्तारका योजनाहरुको अनुगमन भएको छ ।

त्यस्तै गोकर्णेश्वर नगरपालिका अन्तर्गत वडा १ स्थित संसारीदेवी सामुदायीक अधुरो भवन निमार्ण योजनाको समेत अनुगमन भएको हो ।