२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

मर्यादाविपरीत पद दिएको भन्दै नेकपाका ३ सचिवद्धारा सपथ अस्विकार

1346 Shares
Spread the love

धनगढी – पद बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै नेकपाका तीन जिल्ला सचिवले शपथ अस्वीकार गरेका छन् । सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा आइतबार भएको शपथ कार्यक्रममा डडेल्धुरामा सचिवको जिम्मेवारी पाएका तारादत्त जोशी, बझाङका सचिव दिलबहादुर सिंह र दार्चुला सचिव रामदत्त जोशी उपस्थित नै भएनन् ।

उनीहरूले आफूहरूको मर्यादाविपरीत पद दिएको भन्दै शपथ नलिएका हुन् । तारादत्तले भने, ‘१० वर्षदेखि तत्कालीन एमालेको जिल्ला कमिटीको नेतृत्व गरिरहेको छु, अहिले उपल्लो तहमा पुग्ने बेला फेरि तल झारेपछि स्वीकार्य भएन ।’

नेकपा स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले बाँकी ९ वटै जिल्लाका अध्यक्ष र सचिवलाई शपथ गराएका थिए ।

प्रतिक्रिया