२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

जनताको नजरमा सरकार गिरसक्यो : रामचन्द्र पौडेल

'काण्डै काण्डको सरकार'
1237 Shares
Spread the love

रौतहट  -नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार हरेक क्षेत्रमा विफल भएको दाबी गरेका छन् ।

सरकारले सुशासन तथा विकासको प्रत्याभूति गराउन नसकेको र जनताको नजरमा गिरिसकेको बताए । रौतहटको राजपुर नगरपालिकामा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले भने ‘अहिलेको सरकार बालुवाटारकाण्ड, खुलामञ्चकाण्ड, सुनकाण्ड, निर्मलाकाण्ड, वाइडबडी काण्ड लगायत काण्डै काण्डको सरकार हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपाली बनाउने प्रतिबद्धता गरेपनि त्यसविपरित सरकारले भ्रष्टाचारी, बलात्कारीलाई संरक्षण दिएको तथा काण्डै काण्डको देश बनाएको उनको आरोप छ ।

नेकपाको केही नेता एवं कार्यकर्ताहरु मात्रै सुखी हुँदा सरकारले मुलुक सुखी र समृद्ध भएको दिवास्वप्न देखिरहेको उनको दाबी छ ।

तराई मधेशमा खेती गर्न सिंचाई उपलब्ध गराउनुको साटो पानी जहाज चलाउने कुरा गरेर जनताहरुलाई मुर्ख बनाएको भन्दै नेता पौडेलले जनताहरु सचेत हुन जरुरी रहेको धारणा राखे ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आन्तरित द्वन्द्व अन्त्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए भने रौतहट २ का साँसद मोहम्मद आफताव आलमले नेकपाको सरकारको कारण मुलुकमा अहिले अराजकता फैलिएको, हत्या, बलात्कार, र ब्रम्हलुट बढेको आरोप लगाए ।

 

प्रतिक्रिया