२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

नेपालको झण्डा उल्ट्याईदिए यी मन्त्रीले

3876 Shares

काठमाडौं – प्रदेश ७ को सामाजिक विकास मन्त्रालयको भवनमा नेपाली राष्ट्रिय झण्डा उल्टो झुण्डाईएको छ । नेकपाका सांसद मन्त्री रहेको समाजिक विकास मन्त्रालयमा उल्टो झण्डा झु्ण्ड्याएको हो ।

समाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले ध्यान नदिएपछि पछिल्लो समय राष्ट्रिय झण्डाको अपमान हुने गरी झण्डा झुण्ड्याइएको देखिएको छ । राष्ट्रिय झण्डाको माथिल्लो भागमा ‘सुर्य’ र तल्लो भागमा ‘चन्द्र’ हुनु पर्छ । तर, मन्त्रालयको भवनमा राखिएको झण्डाको माथिल्लो भागमा ‘चन्द्र’ र तल्लो भागमा ‘सुर्य’ रहेको छ ।

उनी तत्कालीन नेकपा एमालेबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ ‘क’बाट निर्वाचित भएका थिए । उनी यसअघि च्यातिएर झुत्रे भएको झण्डा मन्त्रालयमा राखेको भन्दै आलोचित भएका मन्त्री हुन् । लामो समयसम्म मन्त्रालयमा च्यातिएको झण्डा राखेको भन्दै आलोचित भएपछि उनले झण्डा फेरेर नयाँ झण्डा राखे । तर, झण्डाको कुन भागमा कुन चिन्ह हुनुपर्छ भन्ने थाहा पाएनन् । जसकारण फेरि आलोचित भएका छन् ।

प्रतिक्रिया