२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

अधिकारीका अधूरा सपना पूरा गर्न सरकार लागिपरेको छ :प्रधानमन्त्री ओली

1109 Shares
Spread the love

ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पुर्‍याएको योगदानको चर्चा गरेका छन्।

मनमोहन स्मृति प्रतिष्ठानले शुक्रबार सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको २० औँ स्मृति दिवसमा उनले वर्तमान सरकार स्व. अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको उल्लेख गरे।

स्व. अधिकारीको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले स्व. अधिकारीले वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताए।अधिकारीले आफ्नो गाउँ आफैं बनाऊँ भन्ने नाराका साथ नागरिकमा विकासको भोक जगाएको उनले दावी गरे।सामाजिक सुरक्षा र कानुनी राज्य स्थापनाका लागि अधिकारी नेतृत्वको सरकारले उल्लेखीय काम गरेको बताउँदै ओलीले भने,चुनौतीका बीचमा पनि उनले गरेका काम निकै महत्वपूर्ण थिए।

एकातिर राजतन्त्रको फर्कने चाहना र अर्कातिर जनयुद्धको तयारीले गर्दा स्व. अधिकारीले पार्टीको नेतृत्व गर्दा देशमा चुनौती रहेको प्रधानमन्त्री ओलीले बताए।उनी पछिको पार्टी नेतृत्वले यी दुवै चुनौती सामना गरेको पनि उनको भनाइ छ।

वर्तमान सरकार विकासको बाटोमा अघि बढिरहेको प्रधानमन्त्री ओलीले बताए। उनले भने,विभिन्न कानुन निर्माणमार्फत् संविधानको कार्यान्वयन हुने दिशामा रहेको छ।

प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मीराज मानन्धरले नेपालको वाम आन्दोलनमा स्व. अधिकारीको भूमिका अनुकरणीय रहेको बताए । कार्यक्रममा सहभागी पूर्वप्रधानमन्त्री झलनाथ खनाल, रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायको उपस्थिति थियो।

पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ वैशाख १३ गने निधन भएको थियो। प्रतिष्ठानले वर्षेनी उनको स्मृतिमा कार्यक्रमको आयोजना गर्दै आएको छ।

प्रतिक्रिया