२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

काभ्रे पुगेर प्रम ओली बसे कक्षामा बसेपछि…

835 Shares
Spread the love

काभ्रे –  प्रधानमन्त्री केपी शर्मा ओली काभ्रे जिल्लाको धुलिखेलमा अवस्थित सञ्जीवनी नमुना माध्यामिक विद्यालयको नौ कक्षाको कोठामा बसेका छन् । प्रधानमन्त्री सो विद्यालयको कक्षा नौको कक्षा कोठामा विद्यार्थी जस्तै बेञ्चमा तीन मिनेट बसेका हुन् ।

२०७२ सालको विनासकारी भूकम्पले क्षती ग्रस्त विद्यालयको भवन पुर्ननिर्माण पश्चात हस्तान्तरण तथा उद्घाटन गर्न मंगलवार धुलिखेलको सञ्जीवनी नमुना माध्यामिक विद्यालयमा पुगेका प्रधानमन्त्री विद्यालयको भवन उद्घाटन पश्चात नया भवनको कक्षा कोठामा प्रबेश गरी बेञ्चमा बसेका हन् । उक्त उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीहरूसँग प्रमाणपत्र छ तर सिप छैन यो अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । अवको युगमा प्रमाण पत्रको साथमा सिप पनि हुनुपर्ने र प्रमाणपत्र पाए पश्चात रोजगार हुनुपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने वेला आएको बताएका छन् ।

‘अहिलेको विद्यार्थीहरूसँग प्रमाण पत्र छ तर सिप नभएकाले बेरोजगार हुनु परेको छ, त्यस्तो युगको अन्त्य गरेर प्रमाण पत्रका साथमा सिप सहित रोजगार सिर्जना हुने खालको युगको सुरुवात गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘सवै विद्यालयहरूले सोच्ने वेला आएको छ अव प्रमाण पत्र पाए पश्चात रोजगारी हुनु पर्छ ।’ अवका विद्यार्थीहरू अर्काको वैसाकीमा हैन, आफ्नै खुट्टामा उभिन सक्ने अवस्थाको सिर्जना गर्न सवै पक्ष लाग्नु पर्ने पनि बताए ।

शिक्षाको सुधारका लागि शिक्षक र अविभावक दुवै जिम्मेवार रहने पनि ओलीले बताएका छन् । धेरै समय वालवालिका घरमा अविभावकसँगै विताउने हुनाले वालवालिको धेरै जिम्वेवार अविभावक नै हुने बताएका छन् । अवको शिक्षा विकास प्रेमी र अग्रगामी शिक्षाको आवश्यकता रहेको पनि प्रधानमन्त्री ओलीले बताए । गणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालय सुधार हुनु पर्ने ओलीको भनाई थियो ।

कार्यक्रममा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणका कार्यकारी निर्देशक शुशिल ज्ञवाली, एशियाली विकास बैकका कन्ट्रि डाईरेक्टर मुख्तार खामुद खानोव, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बेलप्रसाद श्रेष्ठ लगायतले विद्यालयको इतिहास तथा गुणस्तरका लागि भईरहेका प्रयासका बारेमा मन्तब्य राखेका थिए ।

प्रतिक्रिया