२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

नेकपा एकताको काम सकियो, भोलि घोषणा हुन्छ- प्रचण्ड

3231 Shares
Spread the love

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता टुंगोमा पुगेको बताएका छन् ।

आइतबार नेकपा ३ नम्बर प्रदेश कमिटिले नेकपाको ७० औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एकताको सम्पूर्ण काम टुंगिएको र भोलि नै घोषणा गर्ने तयारी भइरहेको जनाकारी दिएका हुन् ।

‘ढिलै भए पनि पार्टी एकताको काम टुंगिएको छ’, उनले भने, ‘भोलि हुने कार्यक्रममा यसको घोषणा हुन्छ ।’

 

‘हामी दुई अध्यक्षले सल्लाह गरेका छौं, पार्टी एकताका लागि आज दिनभरी बालुवाटारभित्रै दुईजना कमरेडलाई खटाएका छौं,’ अध्यक्ष प्रचण्डले भने, ‘हामीले पार्टी एकता विधि विधान र सिद्धान्तमा टेकेर गर्दैछौं । व्यक्तिको मुख हेरेर अब साध्य छैन । बेलुका ५ बजे पुनः दुई अध्यक्षको बैठक हुन्छ त्यसपछि ६ बजे पार्टी सचिवालयको बैठक बस्ने कार्यक्रम छ ।’

अध्यक्ष प्रचण्डले तीन महिनामै पार्टीको सम्पूर्ण एकताप्रक्रिया टुंग्याउने भन्ने सहमति भएको भएपनि विविध कारणले एक वर्षसम्म लागेको बताए ।

‘यो एक वर्षको सरकारको र पार्टीको समीक्षा गर्ने प्रक्रियामा छौं हामी,’ प्रचण्डले भने, ‘जनताले निर्वाचनमार्फत दुई पार्टीको एकता अनुमोदन गरेका छन्, त्यही कारणले हामी अहिले दुईतिहाइ बहुमतका साथ सरकारमा छौं ।

 

 

प्रतिक्रिया