२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

सरकार बिरुद्ध ६ ओटा पार्टीको एकतामा आन्दोलन गर्दै !

1654 Shares
Spread the love

काठमाडौं – विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) सहित छ ओटा पार्टीहरुबीचमा सरकारका जनविरोधी कार्य विरुद्धमा कार्यगत एकता अगाडी बढेको जनाइएको छ ।

शुक्रबार माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको छलफलमा सहभागी नेकपा (माओवादी माओवादी) केन्द्रका महासचिब कर्णजित बुढाथाकीले जानकारी दिएका हुन्।

चित्रबहादुर केसि नेतृत्वको राष्ट्रिय जनमोर्चा, गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्र, ऋषि कट्टेल नेतृतवको नेपाल कम्युनिष्ट पार्टी, सिपि मैनाली नेतृत्वको नेकपा (माले) लगायतका छ पर्टीहरुबीच कार्यगत एकता तयारी सकारात्मकरुपमा अगाडी बढेको जनाइएको छ ।

महासचिव बुढाथाकीका अनुसार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई गैर कानूनीरुपमा लागाइएको प्रतिबन्ध तथा नेता–कार्यकर्ताहरुलाई धरपकड र झूटा मुद्धामा पसाउने कार्यको विरोध, पछिल्लो पटक नागकिता प्रकण, वाइडबडी, बालुवाटारको सरकारी जग्गा अतिक्रमण विरुद्ध आन्दोलनको तयारी गर्ने बताइएको छ ।

प्रतिक्रिया