२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

अब जागिर पाइन भनेर भौँतारिनु नपर्ने : ओली

1347 Shares
Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा युवाहरु जागिर खोज्दै हिड्नुपर्ने अवस्थाको अन्त्य हुने जनाउँनु भएको छ । प्रधानमन्त्री ओलीले अब जागिर पाइन भनेर भौँतारिनु नपर्ने बताउनु भएको हो । उहाँले युवाहरू आफैले नविन सिर्जना गरेर आत्मनिर्भर बन्नु पर्ने बताउनुभयो ।

नेपालगन्जमा आज ५ तारे हरित सोल्टी होटेल उद्घाटन गर्ने क्रममा उहाले यस्तो जानकारी दिनु भएको हो । उहाँ भेरी बबई डाइभर्सन ब्रेक थ्रु कार्यक्रममा सहभागी भएपछि नेपालगन्ज फर्किनु भएको थियो । उहाँले उद्घाटन कार्यक्रममा बोल्दै भन्नुभयो, ‘जागिर पाइन भनेर भौँतारिनु पर्दैन् ।

आफै नविन काम थालेर आत्मनिर्भर बन्न सकिन्छ ।’ उहाँले खानपान, योग र आराम यी तीन पक्ष अपनाउँदा स्वास्थ्य बन्न सकिने सुझाव समेत दिनु भएको छ । होटेल स्वास्थ्य र वातावरणीय अनुकूल हुनुपर्ने विषयमा बोल्दै प्रधानमन्त्रीले स्थानीय कृषकसँग सहकार्य गरेर स्वास्थ्य खाद्य उत्पादनमा होटेल व्यवसायीले जोड दिनुपर्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘अर्गानिक खाना खुवाउन कृषकसँगै सहकार्य गर्नुपर्छ । विषमुक्त खाद्य उत्पादनमा जोड दिन जरुरी छ ।’ उहाँले नेपाल प्रकृतिको देन भएको देश भएको भन्दै यहाँ थुप्रै सम्भावना भएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपाल जहाँ, हिमाल, ताल, भिर, तराई, पहाड सबै छन् ।

सुन चालेर जीविकोपार्जन गर्ने नागरिक यही छन् ।’ हरेक कुराहरु उपलब्ध भएर पनि गरिब हुनु परेको भन्दै सरकारी र नीजी क्षेत्रको पहलमा नेपालबाट गरिबीलाई बिदाई गर्ने उहाँले बताउँनुभयो ।

प्रतिक्रिया