२०८३, ४ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीद्वारा राष्ट्र निर्माणको अभियानमा सहभागी हुन सबैलाई आह्वान

1663 Shares
Spread the love

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।

प्रधानमन्त्री ओलीले उद्योगी, व्यवसायीहरुले पनि मुलुकको विकास र सुशासनको महाअभियानमा इमान्दारिताका साथ सहयोग गर्ने विश्वास पनि व्यक्त गरे।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल उद्योग परिसंघको १५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई विकास र सुशासनको बाटोमा अघि बढाउन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारेका छन्।

प्रधानमन्त्री ओलीले मुलुकको विकास र सुशासन नै सरकारको मुख्य लक्ष्य भएको पनि उल्लेख गरे। पाँच वर्ष भित्र मुलुकले विकास बाटो लिने प्रधानमन्त्री ओलीको दावी छ।

प्रधानमन्त्री ओलीले तराईमा देखिएको डुबानको समस्या समाधान गर्न सरकार लागि परेको पनि बताए। उनले नेपालमा डुबान हुन नदिन भारत सरकारले इमान्दार प्रयास गरिरहेको पनि जानकारी दिएका छन्।

प्रतिक्रिया