कैलाली – सरकार जनतालाई राहत नभई महंगी बृद्धि गरेर ढाड सेकाउनमा मात्रै तल्लिन रहेको पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाले आरोप लगाएका छन ।
नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने अवसर पारेर धनगढीमा रहेको निजी देउवाले उक्त कुरा बताएका हुन् ।
उनले अहिलेको दुई तिहाई सरकार हत्या हिंसा जस्ता जंघन्य अपराधिक कृयाकलापमा रहेकालाई कानुनको दायरामा नल्याएर जग हसाँउने कार्य गरिरहेको आरोप लगाए ।
सामान्य काम गरेर खाने नेपालीहरुलाई करको भार थोपर्ने काम अहिलेको सरकारले गरिरहेको भन्दै सभापति देउवाले गफ मात्रै गर्ने तर कामको सिंको नभाँच्ने प्रबृत्तिमा अहिलेको सरकारमा रहेको आरोप लगाए ।
संसदमा प्रतिपक्षको भुमिकामा नेपाली काँग्रेसको उपस्थिति नभएको एक अर्को प्रश्नमा देउवाले दुई तिहाईकै सरकारमा रहेकाहरुले प्रतिपक्षको भुमिका खेलिरहेको भन्दै यो सरकारको आयु धेरै नरहेको बताए ।