२०८१, २६ आश्विन शनिबार
×

ट्रेन्डिङ

गोविन्द केसीको समर्थनमा चिकित्सक संघद्धारा आन्दोलना कार्यक्रम घोषणा

2545 Shares

काठमाडौँ । नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक गोविन्द केसीको जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिन आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वरिष्ठ चिकित्सक केसीको जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिन शुक्रबारबाटै लागू हुनेगरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै संसदमा ल्याउन र वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाको माग गर्दै आफूहरुले सरकारलाई दवाव दिन आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए।

आन्दोलनको कार्यक्रम अनुसार शुक्रबारबाटै देशभरका सबै चिकित्सकहरुलाई कालोपटी बाँधेर काम गर्न आह्वान गरिएको छ।

अध्यक्ष श्रेष्ठले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई आईतबार ज्ञापन पत्र बुझाउने पनि जानकारी दिए।

संघले वरिष्ठ चिकित्सक केसीसँग विगतमा गरिएका सहमति ७२ घण्टा भित्र सम्बोधन नभए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएको छ।

विगतका सरकारले वरिष्ठ चिकित्सक केसीसँग पटक–पटक गरेको सहमति ७२ घण्टा भित्र सम्बोधन नभए आफूहरु दोस्रो चरणको आन्दोलनमा जान बाध्य हुने पनि अध्यक्ष श्रेष्ठले बताए।

संघले जुम्लामा आमरण अनसन बस्नु भएका वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था बुझन उपाध्यक्ष डा. ढुण्डीराज पौडेल र सहकोषाध्यक्ष डा. प्रकाश बुढाथोकीलाई अनसनस्थल पठाउने निर्णय पनि गरेको छ।

प्रतिक्रिया