२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

जर्मन क्लब बार्यन म्युनिखका दुई खेलाडीबिच कुटाकुट !

1554 Shares
Spread the love

एजेन्सी– प्रशिक्षक निको कोभाकले जर्मन बुण्डेस लिगा फुटबल क्लब बार्यन म्युनिखका दुई खेलाडीबिच स्ट्राइकर रोबर्ट लेवान्डोस्की र वेङ्गर किंग्सली कोम्यानबिच बिहीबार प्रशिक्षणको क्रममा मुक्का हानाहान भएको हो पुष्टि गरेका छन् ।

सो घटनामा दुवै खेलाडीलाई कुनै पनि कारवाही नहुने प्रशिक्षक निकोले बताएका छन्।

‘हामी तीनैजना बसेर घटनाबारे छलफल गर्‍यौँ । दुवै खेलाडीले आफ्नो व्यवहारप्रति माफी मागेका छन्’, कोभाकले भने, ‘यसमा कुनै आर्थिक कारवाही हुनेछैन । समस्यालाई सुल्झाइएको छ ।’

लेवान्डोस्की बुण्डेस लिगा फुटबलको जारी सिजनमा सर्वाधिक गोलकर्ताको सूचिमा शीर्षस्थानमा छन्। उनले २१ गोल गरेका छन् ।

प्रतिक्रिया