२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

अष्ट्रेलियामा मे १८ मा आम निर्वाचन

5476 Shares
Spread the love

अष्ट्रेलिया – अष्ट्रेलियामा आगामी मे १८ मा आम निर्वाचन हुने भएको छ ।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले आम निर्वाचनको मिति घोषणा गरेकी हुन् । संसदको तल्लो सदनमा १ सय ५१ सिटका लागि मतदान हुनेछ । आम निर्वाचनको परिणामले अष्ट्रेलियाको आगामी ३० वर्षसम्मको अर्थतन्त्र निर्धारण गर्ने भन्दै भविष्यबारे सचेत रहेर निर्वाचनमा सहभागी हुन प्रधानमन्त्री मरिसनले सर्वसाधारणलाई आग्रह गरेकी छन् ।

गतवर्ष ९५ प्रतिशतले मतदानमा सहभागिता जनाएको अष्ट्रेलियामा अहिलेपनि सोही अपेक्षा राखिएको छ । यसैबर्ष मौसमी परिवर्तन, डढेलो, विनाशकारी बाढी पहिरो, आँधी र चरम भोकमरीको सामना गरेको अष्ट्रेलियामा जलवायू परिवर्तन नै सबै पार्टीको मुख्य चुनावी एजेण्डा हुनसक्ने विज्ञहरुलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । साथै आप्रवासी र शरणार्थीका अधिकार लगायत विषय पनि प्राथमिकतामा पर्ने अनुमान छ ।

प्रतिक्रिया