२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

राप्रपाले ७७ जिल्लामा धर्ना दिंदै,कमल थापाले काठमाडौं महानगरपालिकामा

1382 Shares
Spread the love

काठमाडौं -सनातन हिन्दू राष्ट्रको माग गर्दै आन्दोलनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज देशका सबै स्थानीय तहमा १ घण्टा धर्ना दिंदैछ ।

अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकामा, वरिष्ठ नेता दिपक बोहराले ललितपुर महानगरपालिका, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले भक्तपुर नगरपालिका, महामन्त्री राजेन्द्र लिङ्देनले झापाको भद्रपुर नगरपालिकामा धर्नाको नेतृत्व गर्ने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
राप्रपाले अधिकांश स्थानीय तहमा प्रभावकारी धर्ना सञ्चालन गर्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई खटाएको छ । गत मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्फादन समितिको बैठकले जनसंघर्षका कार्यक्रममा सामान्य संशोधन र केही कार्यत्रम थप गरेको छ ।

प्रमुख श्रेष्ठका अनुसार बैशाख ४ र ५ गते २२ बुँदे माग आमजनतालाई जानकारी दिन घरदैलो कार्यक्रम, बैशाख ६ गते धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने र बैशाख ८ गते राजमार्ग र चोकहरुमा शान्तिपूर्ण सत्याग्रह गर्ने कार्यक्रम तय भएको छ । हिन्दू राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे जनमत संग्रह, भ्रष्टाचारको अन्त्य, मूल्य वृद्धि नियन्त्रण लगायत २२ बुँदे माग राखी आन्दोलनरत राप्रपाले यसअघि काठमाडौंमा सिंहदरबार, प्रदेशमा मुख्य मन्त्रीको कार्यालय र जिल्लामा जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।

हिन्दू राष्ट्रका लागि हस्ताक्षर अभियान देशैभर माग बढेको भन्दै राप्रपाले हस्ताक्षरको समय थप गर्दै ३० गतेसम्म जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया