२०८३, २५ श्रावण सोमबार
×

ट्रेन्डिङ

मुगुमा प्रहरी र विप्लव कार्यकर्ताबीच झडप

2179 Shares
Spread the love

मुगु । गमगढी बजारमा दिउँसो १ बजे सुरक्षाकर्मी र नेकपा माओवादी विप्लव कार्यकर्ताबीच दोहोर झडप हुँदा दुई सुरक्षाकर्मी सहित केही विप्लवका कार्यकर्ता घाइते भएका छन्।

गमगढी बजारको कृष्णचोकमा विप्लवका कार्यकर्ताले भ्रष्टचार र मदिरा विरुद्ध जनसाँस्कृतिक कार्यक्रम गरिरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गर्नु खोज्दा दोहोरो झडप भएको हो ।

झडपमा प्रहरी निरीक्षक देवेन्द्रसिंह धामी र सशस्त्रका सुरेन्द्र सिंह घाइते भएका छन् । धामीको टाउकोमा चोट लागेको छ ।

प्रहरीले दुई राउण्ड अश्रु ग्यास फायर गरेको छ । शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको विप्लव कार्यकर्ताले आरोप लगाएका छन् । तीनजना विप्लव कार्यक्रम समेत पक्राउ परेका छन् ।

प्रतिक्रिया