२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

विश्वकप फुटबलको क्वाटर फाइनल: उरुग्वे भर्सेज फ्रान्स, ब्राजिल भर्सेज बेल्जियम

2224 Shares
Spread the love

काठमाडौँ । रुसमा जारी विश्वकप फुटबलको क्वाटर फाइनल खेलमा आज २ खेलमा ४ टोली भिड्दैछन्।

बेलुकी पौने ८ बजेदेखि सुरु हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्दै छन् भने पौने १२ बजेदेखि सुरु हुने खेलमा ब्राजिल र बेल्जियम भिड्दै छन्। ४ टोली मध्ये २ टोली सेमिफाइनलमा  पुग्ने छन् भने २ टोली विश्वकपबाट बाहिरीने छन्।

उरुग्वे र फ्रान्स : आज शक्तिशाली दुई टिम फ्रान्स र उरुग्वेबीच कडा टक्कर हुनेछ। उरुग्वेले प्री क्वाटर फाइनलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई पराजित गरेर क्वाटर फाइनलको यात्रा तय गरेको थियो भने फ्रान्सले लियोनल मेस्सीको टिम अर्जेन्टीनालाई पराजित गरेर क्वाटर फाइनलमा प्रवेश गरेको हो। आज दुबै टोलीले सेमिफाइनलको यात्रा तय गर्नका लागि कडा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ।

ब्राजिल र बेल्जियम : आज हुन लागेको ब्राजिल र बेल्जियमको खेल पनि निकै रोमाञ्चक हुने अनुमान गरिएको छ। प्री क्वाटर फाइनलमा ब्राजिलले सेक्सिकोलाई पराजित गर्दै क्वाटर फाइनको यात्रा तय गरेको थियो भने बेल्जियमले जापानलाई पराजित गर्दै क्वाटर फाइनमा स्थान पक्का गरेको थियो। आज अबको सेमिफाइनमा स्थान पक्का गर्नका लागि दुबै टोलीले कडा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ।

 

प्रतिक्रिया