२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

विप्लव नेकपाद्धारा संघर्षका कार्यक्रम सार्वजनिक,बैशाख ५ गते वन्दको आव्हान

1379 Shares
Spread the love

काठमाडौं – नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासचिव विप्लवले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सरकारको कदमप्रति विरोध जनाउँदै विज्ञप्ति मार्फत निन्दा गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘सरकारको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ ।’

प्रतिबन्धित नेकपाले उसकै शब्दमा पार्टी एकीकृत जनक्रान्ति र नेपाली जनतालाई नजिस्क्याउन समेत विज्ञप्तीमार्फत चेतावनी दिएको छ ।आफूमाथि प्रतिबन्ध लगाएर वा क्रान्तिमाथि दमन गरेर जन क्रान्तिलाई सिध्याउँला वा आत्मसर्पण गराउँला भन्ने ‘भ्रम’बाट मुक्त रहन समेत प्रतिबन्धित नेकपाले विज्ञप्तिमार्फत सरकारलाई चेतावनी दिएको छ ।

त्यस्तै विप्लव नेतृत्वको नेकपाले चैत्र १६ को वन्दलाई बैशाख ५ मा गर्ने भएको छ । चैत्र १६ मा नेपार बार एसोसिएसनको चुनाव र एसईइलाई मध्यनजर गर्दै वन्द फिर्ता लिएको बताइएको थियो । विप्लव समुहले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको छ । सो पार्टीले आगामी बैशाख ६ गतेदेखि लागू हुने गरी प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको हो।

आफूहरुमाथि लगाइएको प्रतिबन्ध विरुद्ध प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने सो समूहले घोषणा गरेको हो।

हेर्नुहोस् विप्लवले जारी गरेको विज्ञप्ति

प्रतिक्रिया