२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“नेपाली कांग्रेसको भवन शिलान्यास कार्यक्रम भब्य र सब्य तरिकाले गरिनेछ”– सभापति तिर्थ लामा

1811 Shares
Spread the love

आशिष तामाङ

काठमाडौं– चैत २७ गते , काभ्रेको भकुण्डेबेसीमा नेपाली कांग्रेसका केन्द्रिय सभापति एबम पुर्ब प्रधानमन्त्री शेरबहादुर देउबाको प्रमुख अथितित्वमा काभ्रे १ को क्षेत्रीय पार्टी कार्यालय भवन शिलान्यास तथा बृहत आमसभा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका बिशिष्ट अथितिका रुपमा नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मा, केन्द्रिय सदस्यहरु प्रदीप पौडेल, शिवप्रसाद हुमाँगाई जिल्ला सभापति मधु आचार्य लगायतका केन्द्रिय देखि जिल्ला हुँदै स्थानीय सम्मको नेताहरु सहभागी हुने आयोजकले जनाएको छ ।

कार्यक्रमको सभापती नेपाली कांग्रेस क्षेत्र नं १ क्षेत्रीय अध्यक्ष एबम पुर्वसासंद तथा युवा नेता तिर्थ लामा रहने उक्त कार्यक्रममा न्यायप्रेमी , लोकतान्त्रप्रेमी , बुद्धिजीवी र सचेत नागरिकको साथमा आम जनसागर ओराल्ने काभ्रे काङग्रेसको दाबी रहेको छ ।

कार्यक्रमलाई बृहत तथा मनोरञ्जनात्मक बनाउन कलाकारहरुको पनि उपस्थीति रहनेछ । भद्रगोलका जिग्री र पाँडे, काउली बुढी, गायक रोज मोक्तान, लोक गायिका देबी घर्ती मगर लगायतका कलाकारहरुले प्रस्तुती रहने आयोजकले बताए ।

कार्यक्रम भब्य र सब्य गरि नेपाली काङग्रेसको जनता प्रती भएको जिम्मेवार दायित्व र राजनितीक कर्तव्य माथी केन्द्रीत रहेर समापान हुने आयोजकले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोसः

http://gokarnanews.com/2019/03/31/63560/?fbclid=IwAR36KExK20QqqvaGWqma6MtpEgx2a_5RjBC518_vyfl1eVf8dpfXXqy8Rwk

http://gokarnanews.com/2019/01/06/50607/?fbclid=IwAR1Zrz8AxhMhX9h7fACxOyBcwVMt8_m1bgXxxQglodPCvUH8iM6pM8cXt7I

प्रतिक्रिया