बीबीसी। थाइल्याण्डको एक गुफामा फसेका १२ किशोर र उनीहरुका फुटबल कोचलाई बचाउने कोशिसमा जुटेका थाई नौसेनाका एक पूर्व गोताखोरको मृत्यु भएको छ। बीबीसीका अनुसार ३८ वर्षीय समन कुनन गुफामा बसेका १२ किशोरलाई खाना पुर्याएर फर्किँदा व्यहोश भएका थिए।
उनलाई सहकर्मीले होशमा ल्याउन सकेनन् र उनको निधन भएको हो। समनले नौसेनाको जागिर छोडेका थिए। उनी उद्धार अभियानमा सहभागी हुन आएका थिए। स्थानीय डिपुटी गभर्नर पासाकोर्न बुनयालकले पत्रकारसँग भने, ‘एक पूर्व सैनिक (जो आफ्नो खुशीले उद्धारको काममा आएका थिए) अबेर राति उनको निधन भएको छ।’ उनको काम अक्सिजन पुर्याउने थियो। तर अक्सिजन पुर्याएर फर्किएका उनको अक्सिजन कम भएका कारण मृत्यु भएको हो।

उत्तरी थाइल्याण्डको एक गुफामा बाढीका कारण १२ दिनदेखि फसेका १२ किशोर र उनीहरुका एक जना फुटबल कोचलाई सुरक्षित बाहिर निकास्ले प्रयास जारी छ। गुफामा फसेका सबै १२ किशोरलाई पौडी खेल्न आउँदैन। र उनीहरुलाई निकाल्न समस्या भइरहेको छ। गुफामा फसेका किशोर र उनीहरुबीचका आमा बुवासँग कुराकानी गर्न सजिलो होस भनेर टेलिफोन जोड्ने काम भइरहेको छ।
गुफामा फसेका सबै जना २३ जुन साँझ फुटबल अभ्यास गरेर उत्तरी थाइल्याण्डको एउटा गुफा हेर्न गएका थिए। तर बाढीका कारण उनीहरु सबै गुफाभित्रै फसे। उद्धारकर्ताको एक टोलीले नौ दिनपछि सबैलाई सकुशल फेला पारेका थिए। दशौं दिनमा उनीहरु भएका ठाउँमा औषधि र खाना पठाइएको थियो। थाई सेनाले गुफामा फसेका सबैलाई निकाल्न चार महिनासम्म लाग्न सक्ने जनाएको छ।