२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“आवश्यक परे जनताले फेरि बन्दुक उठाउन सक्छन्”

1129 Shares
Spread the love

काठमाडौं  – क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले सत्ताधारी नेकपा ‘कम्युनिष्टहरुलाई बदनाम गर्ने र विदेशीको हित संरक्षण गर्ने शक्ति’मात्रै भएको आरोप लगाएका छन् ।

देशभक्त गणतान्त्रिक मोर्चाको प्रथम राष्ट्रिय सम्मेलनको आइतवार राजधानीमा उद्घाटन गर्दै उनले जनताले आवश्यक परेको खण्डमा फेरि बन्दुक पनि उठाउन सक्ने चेतावनी दिए ।

कार्यक्रममा मोर्चाका अध्यक्ष सीपी गजुरेलले केपी ओली सरकारलाई हटाउन सडक आन्दोलनमात्र विकल्प रहेको बताए ।

कार्यक्रमका अन्य वक्ताहरुले पनि ओली सरकारको चर्को विरोध गरेका थिए । उनीहरुले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु उचित नभएको बताएका थिए ।

प्रतिक्रिया