२०८१, १८ बैशाख मंगलवार
×

ट्रेन्डिङ

त्रिविमा स्नातकोत्तर तहमा यो वर्ष पनि ‘प्राइभेट’परीक्षा दिन पाउने

5347 Shares

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहका विद्यार्थीले यो वर्ष पनि ‘प्राइभेट’ फारम भरेर परीक्षा दिन पाउने भएका छन्।

परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तह प्रथम वर्षका लागि गत साता परीक्षा फारामको लागि आवेदन खुल्ला गरिसकेको छ। बैशाख १६ गतेभित्र परीक्षा फाराम भरिसक्नुपर्ने त्रिविले जनाएको छ।परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातकोत्तर तहमा राजनीति शास्त्र र जनप्रशासन विषयमा मात्र प्राइभेटतर्फ परीक्षा दिन पाइनेछ।

अन्य विषयमा ‘प्राक्टिकल’ गर्नुपर्ने भएकोले प्राइभेट परीक्षाको व्यवस्था गराउन नसकिएको जोशीले बताए।जोशीका अनुसार प्राइभेट परीक्षा फारम भर्ने यो अन्तिम मौका हो। आउँदा शैक्षिक सत्रदेखि विद्यार्थीहरूले प्राइभेटतर्फ फारम भरेर परीक्षा दिन पाउने छैनन्।क्याम्पस नगइ स्वअध्ययन गरेर परीक्षामा मात्र सहभागी हुन चाहने विद्यार्थी यस कार्यक्रमबाट लाभान्वित हुने गरेका छन्।

विशेषगरी सरकारी तथा निजी क्षेत्रमा रोजगारीमा लागेका कर्मचारी, सेना, प्रहरी लगायतका सेवामा लागेकाहरूका लागि यो कार्यक्रम लोकिप्रय छ। त्रिविले अहिले स्नातकोत्तर तहमा अधिकांश विषयमा सेमेस्टर प्रणाली लागू गरिसकेको छ। तर सेमेस्टर प्रणालीमा विद्यार्थीहरू नियमित क्याम्पस हाजिर हुनुपर्छ। क्याम्पस हाजिर हुन नसक्नेको लागि यस्तो परीक्षा प्रणाली लोकप्रिय छ।

प्रतिक्रिया