काठमाडौँ । विश्वकप फुटबलको क्वाटरफाइनल खेल आजदेखि सुरु हुदै छ । क्वाटरफाइनलको पहिलो खेल दक्षिण अमेरिकी देश उरुग्वे र युरोपेली देश फ्रान्सबीच हुदै छ । दुवैबीचको खेल नेपाली समय अनुसार राति ७:४५ बजे हुदै छ ।
उरुग्वेले यस विश्वकपमा खेलेका चारै खेल जितेर अपराजित हुदै क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो ।
यता फ्रान्सले समुह चरणमा दुई जित र एक बराबरी खेल्दै अन्तिम १६ को खेलमा अर्जेन्टिनालाई पराजित गरेर क्वाटरफाइनलसम्मको यात्रा तय गरेको हो ।
फिफा वरियतामा १६औ स्थानमा रहेको उरुग्वे यसअघिको विश्वकपमा दोस्रो चरणमा पुगेर बाहिरिएको थियो । ओस्कार ताबारेजले पछिल्लो १२ बर्षदेखि उरुग्वेको राष्ट्रिय टिमलाई कोचिंग गरिरहेका ।
त्यसैगरी फ्रान्स फिफा वरियतामा सातौ स्थानमा रहेको सन १९९८ मा विश्वकप फुटबल जितेको टिम हो । फ्रान्सका पुर्वखेलाडी डीडीयर डेसच्याम्प्सले कोचिंग गरिरहेका छन् ।
आजको १ आकर्षण स्वरेज
आजको खेलमा बार्सिलोनाबाट खेल्ने लुइस स्वरेज यस टिमका प्रमुख खेलाडी हुन् । २०१४ को विश्वकपमा इटालीका डिफेण्डर जर्जियो चेलिनीलाई टोकेपछि उरुग्वेका स्टार स्ट्राइकर लुइस स्वरेज प्रतिवन्धमा परेका थिए तब देखि स्वरेजलाई मान्छे टोकुवाको उपनाम पाउदै आएका छन् ।
आक्रामक फुटबल खेल्ने टिम भनेर चिनिएको उरुग्वेका लागि स्वरेजले १०२ खेलमा ५३ गोल गरेका छन् । बार्सिलोनामा उत्कृष्ट फर्ममा रहेका स्वरेजले ला लिगा र कोपा डेल रेको उपाधि जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए । स्वरेजले यस विश्वकपका ३ खेलमा २ गोल गरेका छन् त्यस्तै विश्वकपमा भने अहिलेसम्म ७ गोल गरेका छन् ।