1893
Shares

काठमाडौं । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले सशस्त्र प्रहरी बलका पाँचजना एआइजीको जागिर खाइदिएको छ ।
कम्युनिस्ट सरकारको दवावपछि पाँचजना एआइजीले बिहीबार एकै पटक राजीनामा दिएका छन् । गृह मन्त्रालय पुगेर उनीहरूले संयुक्त रुपमा राजीनामापत्र बझाएका हुन् ।
राजीनामा बुझाउनेहरूमा एआइजी जानकीराज भट्टराई, सुवोधकुमार अधिकारी, खडानन्द चौधरी, निराकार विक्रम शाह र राजेश श्रेष्ठ रहेका छन् ।
बुधवार साँझ सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन आचार संहिता लागू भएपछि देउवा सरकारले गरेका सबै नियुक्ति खारेज गर्ने निर्णय गरेपछि उनीहरूले राजीनामा दिएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गत माघमा पाँच जना डिआइजीलाई एआइजीमा बढुवा गरेको थियो ।