२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका मानव अधिकारकर्मी प्रहरी नियन्त्रणमा

1464 Shares

काठमाडौं। सरकारले निषेधित क्षेत्र घोषणा गरेको माइतीघर मण्डलामा प्रर्दशन गर्न पुगेका मानव अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै बिहीबार विहान निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रर्दशन गर्न पुगेका आधा दर्जन बढी मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सरकारले तोकेको निषेधित क्षेत्रमा विरोध प्रर्दशनमा उत्रिएका मानव अधिकारीकर्मीले वरिष्ठ चिकित्सक केसीको जायज माग सम्बोधन गर्न माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए। जुम्लामा पुगेर पुनः आमरण अनसनमा बसेका वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था गम्भिर भएपछि जीवन रक्षा गर्न माग गर्दै निषेधित क्षेत्रमै मानव अधिकारकर्मीहरु प्रर्दशनमा उत्रिएका हुन्।

त्यसक्रममा प्रहरीले आधार दर्जन बढी मानव अधिकारीकर्मीहरुलाई नियन्त्रणमा लिएको हो। नागरिक समाजका अगुवाहरु समेत सहभागी भएको प्रर्दशनमा प्रर्दशनकारीहरुले छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै आमरण अनसन बसेकी गंगामाया अधिकारीको जीवन रक्षा गर्न समेत पहल नगरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए।

उनीहरुले नागरिकको स्वतन्त्रतापूर्वक विरोध प्रर्दशन गर्न पाउने अधिकार हनन् हुने गरी काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोकेकोमा आपत्ति जनाउँदै तत्काल हटाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्। सरकार नागरिकको अधिकार हनन् गर्न योजनावद्ध ढंगले लागेको मानव अधिकारकर्मीहरुको आरोप छ।

प्रतिक्रिया