२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

आधीबाट प्रभावितलाई सुदूरपश्चिम प्रदेशले एक करोड सहयोग गर्ने

407 Shares
Spread the love

काठमाडौं – सुदूरपश्चिम प्रदेशले आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावित प्रदेश २ का नागरिकलाई १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

प्रदेशको मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले बारा र पर्सा जिल्लामा हावाहुरीका कारणले ज्यान गुमाएका परिवारलाई राहात दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले बताए।

मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शाहले प्रदेश २ सरकारको राहत कोषमा उक्त रकम जम्मा गरिने बताए।

यस्तै मन्त्रीपरिषद्को बैठकले हावाहुरीका कारण प्रदेश २ मा भएको क्षती र घटनाप्रति दुःख समेत व्यक्त गरेको छ।

आइतबार आएको विनाशकारी हावाहुरीमा परेर मृत्यु भएका २७ जनामध्ये १५ जना बाराको फेटा गाउँपालिकाका थिए। उक्त घटनामा ४ सय बढी घाइते भएका थिए।

यस्तै प्रदेश ३ सरकारले पनि यसअघि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ। यस्तै प्रदेश २ सरकारले मृतकका परिवारलाई ३ लाख रूपैयाँ दिने घोषणा गरिसकेको छ।

प्रतिक्रिया