रुसमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलको समीकरण पूरा भएको छ । क्वाटरफाइनलको अन्तिम खेलमा इंग्ल्याण्डले कोलम्बियालाई हराएसँगै अन्तिम ८ को समीकरण पूरा भएको हो ।
अन्तिम ८ मा पुग्न उरुग्वे, फ्रान्स, ब्राजिल, वेल्जियम, स्विडेन, इंग्ल्याण्ड, क्रोएसिया र आयोजक रुस सफल हुँदा एसियाली राष्ट्र जापानसहित अर्जेन्टिना, पोर्चुगल, स्पेन स्वीट्जरल्याण्ड, कोलम्बिया, मेक्सिको र डेनमार्क प्रिक्वाटरफाइनलबाटै आउट भए ।
हुनत: कुनै पनि टिमलाई यो पटक विश्वकपमा सहज जित हात पार्न असम्भव जस्तै भयो । यो पटक कुनै बलियो टिम वा साविक विजेता या पूर्व विजेताकोरुपमा गरिएको अड्कलहरु गलत सावित हुँदा विश्वकप थप रोमाञ्चक बन्न पुगेको छ ।
अन्तिम ८ मा उरुव्वेले पोर्चुगललाई दुई एकले हराउदा, फ्रान्सले दाबेदार अर्जेन्टिनालाई चार तीन गोल अन्तरले हरायो । त्यस्तै ब्राजिलले मेक्सिकोलाई दुई शुन्यले, हराउदा बेल्जियमले जापानलाई तीन दुईले हरायो । त्यस्तै रसियाले स्पेनलाई पेनाल्टी सुटआउटमा चार तीनले हराउँदा, सोहि दिन क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुट आउटमै तीन दुईले हरायो ।
उता स्वीडेनले स्वीट्जरल्याण्डको चुनौती एक शुन्यले पन्छाउँदा इंग्ल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा चार तीनले हरायो । क्वार्टरफाइनलमा पुगेका ४ टिमले विश्वकप जितेका छैनन् भने ४ टिम पूर्व च्याम्पियन हुन् ।
युरोपबाट ६ र दक्षिण अमेरिकाबाट २ राष्ट्रले अन्तिम आठमा स्थान बनाए । रुस विश्वकपको क्वाटरफाईनल खेल शुक्रवार र शनिवार हुनेछन् । शुक्रवार नेपाली समयअनुसार बेलुकी पौने ८ वजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्नेछ् । सोही दिन राति पौने १२ वजे ब्राजिल र बेल्जियमको खेल हुनेछ । यी दुई खेलको विजेता टोली सेमिफाईनलमा भिड्नेछन् ।
यसैगरी शनिवार वेलुकी पौने ८ वजे स्वीडेन र इङ्गल्याण्ड भिड्दा, राति पौने १२ वजे आयोजक राष्ट्र रुस र क्रोएसियाको खेल हुनेछ् । यी दुई खेलको विजेता टोली सेमीफाईनलमा आमने सामने हुनेछन् । क्वाटरफाईनलसम्म आईपुग्दा इंल्याण्डका कप्तान ह्यारी केनले ६ गोल गर्दै फिफा रसिया २०१८ को गोल्डेन बुटका लागि आफुलाई अगाडि उभाएका छन् । वेल्जियमका रुमेलु लुकाकु पनि गोल्डेन बुटका लागि केन नजिकै छन् उनको नाम ४ गोल छ ।