२०८१, २१ कार्तिक बुधबार
×

ट्रेन्डिङ

बाढी पहिरोमा परी २६ जनाले ज्यान गुमाए

2563 Shares

काठमाडौँ। असार १५ देखि २० गते सम्म मुलुकका विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परी २६ जनाले ज्यान गुमाएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले पछिल्ला केही दिनको बाढी र पहिरोले पुर्याएको क्षतिको विवरण दिदै १५ गते देखि आजसम्म २६ जनाको मृत्यु भएको जानकारी दिएका हुन्। बाढीमा परि २ जना बेपत्ता भएका छन् भने झण्डै दर्जन घाईते भएका छन्।

गृहमन्त्रीले दिएको जानकारी अनुसार, कैलालीमा १ , बाँकेमा ४, सिन्धुलीमा २, रोल्पामा ३,  चितवनमा १ , पर्सामा २ , काठमाण्डौमा १, सर्लाहीमा २ जना, तनहुँमा २ ,उदयुरमा १, सिरहामा १, दाङ १, मकवानपुरमा २, महोत्तरी १, बर्दियामा १ , बारामा १जनाको मृत्यु भएको हो।

उनले बाढी प्रभावित स्थानमा तत्काल राहत र उद्धारको काम सुरु गरिसकेको पनि स्पष्ट पारे।

उनले मौसमविद्हरुको पुर्व अनुमान ठुलो क्षतिको संभावनालाई मध्येनजर गर्दै सरकारले जोखिम न्युनिकरणका लागि आवश्यक तयारी गरिएको जानकारी दिए।

उनले विपत जोखिम न्यूनिकरण राष्ट्रिय परिषद्को बैठक बसिरहेको र आवश्यक पुर्व तयारी भईरहेको जानकारी दिए। उनले बाढी प्रभावितको राहत र उद्धारका लागि आवश्यक बजेट विनियोजन गरि जोखिमयुक्त स्थान पहिचान गरि राहत सामाग्री पुर्याउने काम भईरहेको बताए।

उनले सेना प्रहरी र सम्बन्धित निकायलाई र केन्द्रको युनिटलाई २४ सै घण्टा  सर्तक अवस्थामा राखिएको बताए। उनले केन्द्रदेखि स्थानीय तह सम्म विपत सामनाका लागि संयन्त्र गठन गरिएको र आवश्यकता अनुसार सेना र प्रहरी परिचालन गर्ने गरि सर्तक राखिएको छ। उनले पहिरोका कारण अवरुद्ध सडक खोल्नका लागि आवश्यक उपकरणको व्यवस्था गरिएको जानकारी गराए।

सांसदहरुले मुलुकभर बाढी र पहिरोका कारण पुगेको क्षतिको विवरण सदनलाई जानकारी गराउन सरकारसंग माग गरेका थिए।

प्रतिक्रिया