२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

मृतक परिवारलाई क्षतिपूर्ति र उपचारको व्यवस्था गर्न प्रचण्डको आग्रह

1562 Shares
Spread the love

काठमाडौं – सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार साँझ आएको हावाहुरीबाट कम्तिमा २७ जनाको मृत्यु र ५ सय भन्दा बढी घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत् सन्देश दिँदै ठूलो मात्रामा धनजनको क्षति हुने गरी भएको सो घटनामा परी निधन भएकाहरुमा शोक व्यक्त गर्दै शोकाकुल परिवारहरुमा समवेदना समेत प्रकट गरेका छन् । उनले मृतक परिवार तथा हावाहुरीबाट घरबार बिहीन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया