२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

टोटनह्यमलाई २–१ गोलले पराजित गर्दै लिभरपुल इङ्गलिश प्रिमियर लिगको शिर्ष स्थानमा

1471 Shares
Spread the love

काठमाडौं  – टोटनह्याम हट्सपरलाई हराउँदै लिभरपुल इङ्गलिश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा फर्किएको छ ।गएराती भएको खेलमा लिभरपुलले टोटनह्यमलाई २–१ ले हरायो ।

खेलमा लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मीनोले पहिलो गोल गर्दा टोटनह्यामकै टोबी अल्डरवेराल्डले एक आत्माघाति गोल गरे ।

पराजित टोलीका लागि लुकास मौराले एक गोल फर्काएका थिए ।

गएराती नैं भएको अर्को खेलमा चेल्सीले कार्डिफ सिटीलाई २–१ ले पराजित गर्‍यो ।

प्रतिस्पर्धात्मक खेदलमा चेल्सीका लागि रुबेन लोफ्टस चिकले ईन्जुरी समयमा निर्णायक गोल गरे ।

यसअघि कार्डिफका भिक्टर कामारासाले पहिलो गोल गरेका थिएभने चेल्सीका सिजर अज्पीलीक्वेटाले बराबरी गोल गरेका थिए ।

गएरातीका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा ३२ खेलबाट ७९ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा उक्लिएको छ ।

एक खेल कम खेलेको म्यानचेष्टर सिटी ७७ अंकसहित दोस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया