२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

प्रचण्डको आक्रोस ‘अमेरिकामा मलाई अपराधी चित्रण गर्न खोजियो’

3692 Shares
Spread the love

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अपराधीका रुपमा चित्रण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

काठमाडौंमा रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा दाहालले पत्नी सीताको उपचारका लागि अमेरिका गएको बेला परेको उजुरीको प्रसंग कोट्टयाउँदै, अपराधीको रुपमा चित्रित गरेर उजुरी गरिएको भन्दै असन्तुष्टी पोखेका हुन् ।

एउटा नेपालीले नै हत्याराका रुपमा दुनियाँको अगाडि उजुरी गरेको भन्दै दाहालले नेपालभित्रै बसेर अलिअलि गर्न मिल्ला, नेपाली–नेपालीबीच आलोचना हुन सक्छ । तर विदेशमा बसेर नेपालको शान्ति सम्झौतालाई आपराधिक सम्झौताको रुपमा, हस्ताक्षरकर्तालाई अपराधीको रुपमा प्रस्तुत गरेर अन्तर्राष्ट्रिय जगतले पक्राउ गरेर जेल हाल्नुपर्यो भन्नु कति तर्क संगत छ उनले भने

अमेरिकाको वासिङ्टन डिसीमा रहँदा नेपाली कांग्रेसआवद्ध एउटा कमिटिले निर्णय गरेर आफूलाई अपराधीको रुपमा पेश गरेको भन्दै दाहालले मञ्चमा रहेका कांग्रेस नेता डा.रामशरण महतको ध्यानाकर्षणसमेत गराए ।

‘मलाई अपराधी भन्ने हो भने नेपाली कांग्रेस पनि अपराधी नै होला । शान्ति सम्झौतामा त कांग्रेसले पनि हस्ताक्षर गरेको हो ।’ दाहालले अगाडी भने ‘शान्ति सम्झौता प्रचण्ड एक्लैले गरेको त होइन । गिरिजाप्रसाद कोइरालासहित ७ राजनीतिक दलले पनि गरेका हुन् ।’

यस्ता कुराले आफू नडराएको बरु दुःखचाहिं लागेको उनको भनाइ थियो । पछिल्लो समय नेपालको उपलब्धिमाथि आक्रमण र षडयन्त्र भइहेको पनि उनले बताए ।

प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएको बेला तिलक श्रेष्ठ नामका नेपालीले सशस्त्र द्वन्द्वका समयमा दाहालकै कारण हजारौं नागरिक मारिएको, हजारौं अंगभंग र वेपत्ता बनाइएको र तिनले अझै न्याय नपाएको भन्दै दाहाललाई पक्रन एफबीआईमा उजुरी गरेको थिए ।

उनले प्रचण्ड आतंककारी भएको भन्दै अमेरिका आएको बेलामा पक्राउ गर्न माग गरेका थिए । दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याएर फेरी पुरानै निरंकुशतन्त्र ल्याउन नेपालमा असम्भव रहेको पनि जिकीर गरे ।

उनले सत्तापक्ष र प्रतिपक्षबीच आलोचना र विवाद हुनु सामान्य भएपनि राष्ट्रहितमा सबैबीच समझदारी बन्नुपर्ने उल्लेख गरे । उनले समझदारीका आधारमा संविधान संशोधन गर्न सकिने संकेत पनि गरे ।

यसैबीच, कार्यक्रममा रिपोर्टर्स क्लबले स्थापना गरेको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुस्कार यस वर्ष नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठलाई प्रदान गरिएको छ ।

त्यस्तै शहिद जगतप्रकाश साह पत्रकारिता पुरस्कार इमेज च्यानलका समाचार डेक्स प्रमुख डिल्ली बस्याललाई प्रदान गरिएको छ । बस्याल दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् ।

यो वर्षको मदन भण्डारी स्मृती पत्रकारिता पुरस्कार रिपब्लिका अंग्रेजी दैनिकका प्रधान–सम्पादक सुवास घिमिरे र बरिष्ठ पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

प्रतिक्रिया