1037
Shares
काठमाडौं – राज्यको लापरबाही र गैरजिम्मेवारीका कारण प्रदेश नम्बर २ को एसइई परीक्षा बिचैमा स्थगित हुन पूगेको नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आरोप लगाउनुभएको छ ।
राज्यको यो गैह्रजिम्मेवार कदमले हजारौं विद्याथीहरुको भविष्य अन्धकारतर्फ धकेलिएको उहाँको तर्क छ । ‘परीक्षाको आफ्नै मर्यादा र गोपनियता हुन्छ’ यस सवालमा संघीय सरकार चुकेको देखिन्छ डाक्टर कोइरालाले भन्नुभयो ‘यो गम्भिर घट्नाको नैतिक जिम्मेवारी लिंदै शिक्षामन्त्रीले तत्कालै राजिनामा दिनुपर्छ’ ।
विद्यार्थीको जीवनमा प्रत्यक्ष असर पार्ने खालका काम आगामी दिनमा यस्ता दोहोरिन नदिन पनि राज्य गम्भिर बन्नुपर्ने डाक्टर कोइरालाको तर्क छ ।