२०८३, १४ श्रावण बिहीबार
×

ट्रेन्डिङ

माथिल्लो त्रिशुली थ्री ‘बी’को आईपीओ आज बाँडफाँट हुँदै- प्रधानमन्त्री ओलीलाई २० कित्ता, अरु कसलाई कति ?

2196 Shares
Spread the love

काठमाडौं– माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत आयोजनाको साधारण शेयर (आईपीओ) आज (बिहीबार) बाँडफाँट हुने भएको छ ।

सिंहदरबारस्थित उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको शभाहलमा आईपीओ बाँडफाँट हुने शेर विक्री प्रवन्धक कम्पनी ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, उर्जा मन्त्री वर्षमान पुन, उर्जामन्त्री पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीलगायतले माथिल्लो त्रिशुली थ्री ‘बी’को साधारण शेयर भरेका छन् ।

प्रधानमन्त्री ओली र शाक्यले १०–१० हजार आईपीओ भरेका थिए भने उर्जामन्त्री पुन र पूर्वसभामुख घर्तीले १–१ हजार कित्ता आईपीओ भरेका थिए ।

प्रधानमन्त्री ओलीले १० हजार कित्ता शेयर भरेर उद्घाटन गरेको माथिल्लो त्रिशुली थ्री ‘बी’ आयोजनाका लागि ६ करोड ४५ लाख ५३ हजार ९ सय कित्ता शेयर आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । आयोजनाले भने पहिलो चरणमा ३७ लाख ५ हजार कित्ता साधारण शेयर बिक्रीका लागि खुला गरेको थियो ।

माथिल्लो त्रिशुली थ्री ‘बी’ आयोजनाले बिक्री खुला गरेकोभन्दा धेरै शेयर परेपछि भर्नेजति सबैलाई शेयर पर्ने संभावना भने कम रहेको जनाइएको छ ।

प्रतिक्रिया