२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

विप्लव नेतृत्वका तीन कार्यकर्ता पक्राउ

2005 Shares
Spread the love

बुटवल – बुटवलबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपा विप्लव समूह निकट अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्यसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले विप्लव समूहका आचार्यसहित कार्यकर्ताहरु रेशम मल्ललाई सैनामैना वनकट्टा र शिव रानालाई सैनामैनाकै सरौलीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका आचार्य रुपन्देहीको सूर्यपूरा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक समेत हुन ।

हिंसात्मक गतिविधिमा सक्रिय हुँदै सामाजिक सुरक्षामा खलल पुर्‍याएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतको दावी छ ।

प्रतिक्रिया