२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

एम्बाप्पेलाई रियल मड्रिडमा अनुबन्ध गर्न २८० मिलियन युरोको प्रस्ताव राख्ने प्रकृया सुरु

1263 Shares
Spread the love

काठमाडौँ- प्रशिक्षक जिनेदिन जिदान रियल मड्रिड फर्किएपछि उत्कृष्ट खेलाडी अनुबन्ध गर्नका लागि प्रकृया सुरु गरेका छन्। उनको पहिलो लक्ष्य पीएसजी स्ट्राइकर केलियन एमबाप्पे हुन्।

आउँदो समर ट्रान्सफर विन्डोमा एमबाप्पेलाई सान्टियागो बर्नाबाउ भित्राउन प्रशिक्षक जिदानले चासो देखाएका छन् । फ्रान्सबाट प्राप्त रिपोर्ट अनुसार एमबाप्पे जिदानको पहिलो प्राथमिकता भएको बुझिाएको छ । एमबाप्पेका लागि रियलले २८० मिलियन युरोको प्रस्ताव राख्ने तयारी गरेको छ ।

दुई वर्षअघि एमबाप्पे रियल मड्रिडमा आबद्ध हुने कुरा चलिरहेका बेला उनी पेरिस सेन्ट जर्मेइनमा आवद्ध भएका थिए । नेयमार र इडिन्सन कभानीसँग निकै राम्रो कम्बिनेसन गरिरहेका एमबाप्पे अनुबन्ध गर्न रियलले पीएसजीलाई मनाउनु पर्नेछ ।

जसका लागि उसले यो भन्दा ठूलो रकम खर्च गर्नुपर्न सक्नेछ । रियल मड्रिडका समर्थकले पनि नयाँ सिजनमा एमबाप्पेलाई सान्टियागो बर्नाबाउमा देख्न चाहेका छन् । प्रशिक्षक जिदानको छनोटमा एमबाप्पेबाहेक इडिन हाजार्ड, लेरोई साने, माउरो इकाडी र ह्यारी केन पनि छन् ।

प्रतिक्रिया