२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

विवेकशील नेपाली दलद्वारा मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको छानबिन गर्न अख्तियारमा उजुरी

2550 Shares
Spread the love

काठमाडौं – विवेकशील नेपाली दलले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको छानबिन गरी कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दर्ता गरेको छ ।

मेलम्ची खानेपानी आयोजनामा भएका भ्रष्टाचारका मुद्दाहरु विभिन्न सन्चारमाध्यमबाट सतहमा आएकाले आयोजनाको दौरान हुनसक्ने अन्य भ्रष्टाचारको छानबिन आवश्यक रहेकाले उजुरी दर्ता गरिएको विवेकशील नेपाली दलले जनाएको छ ।

राष्ट्रिय गौरवका आयोजनामा भएको भ्रष्टाचार र ढिलासुस्तीले देश–विदेशमा नकारात्मक सन्देश जाने भएकाले पनि छानबिन आवश्यक भएको सो दलको ठम्याइ छ ।

उपत्यकामा लामो समयदेखि जमिनमुनिको पानी प्रयोग भइरहेको र यसले वातावरणमा गम्भीर असर पुर्‍याउने भएकाले पनि मेलम्चीको पानी छिटोभन्दा छिटो उपत्यकामा ल्याइनुपर्ने जनाइएको छ ।

प्रतिक्रिया