२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“एजेण्डाविहीन विप्लवको आन्दोलनको कुनै अर्थ छनै”

1357 Shares
Spread the love

पर्वत – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विप्लव नेतृत्वको नेकपाको आन्दोलन एजेण्डाविहीन रहेको भन्दै त्यस्ता आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन् ।

मंगलबार बिहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मुख्यमन्त्री गुरुङले मुलुकको विकास निर्माणमा अवरोध पुर्‍याउने र राज्यको सम्पत्तिमा क्षति पुर्‍याउने काममात्रै विप्लव समूहले गरेको आरोप लगाउँदै यस्ता अराजक गतिविधि त्यागेर वार्तामा आउन आह्वानसमेत गरे । अब पहिलेकोजस्तो क्रान्ति सम्भव नभएको बताउँदै उनले सो समूहलाई सरकारसँग वार्तामा आएर शान्तिपूर्ण बाटो रोज्न आग्रह गरे ।

अब मुलुकमा हिंसात्मक गतिविधि गर्ने जोसुकै समूहलाई नागरिकले स्वतः प्रतिकार गर्ने उनको भनाइ थियो । स्थायी सरकारले मुलुकलाई स्थायित्व दिन लागेका बेला बम पड्काउने गतिविधि नगर्न आग्रह गर्दै उनले विप्लवको पार्टीलाई नभई उसका गैरकानूनी गतिविधिलाई सरकारले प्रतिवन्ध लगाएको प्रष्ट पारे ।

सिके राउतलाई मुल धारमा ल्याउने विषयमा पार्टी भित्रैबाट असन्तुष्टि देखिएको बताउँदै मुख्यमन्त्री गुरुङले सुरुमै आलोचना गर्नुभन्दा पनि त्यसले पार्ने दुरगामी असरलाई पर्खिनुपर्ने बताए । अहिले सिके राउतका गतिविधिले सहमति सही हो या गलत हो भन्ने पुष्टि गरिसकेको उनको भनाइ छ ।

प्रतिक्रिया