2092
Shares
काठमाडौं – नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेकपाले आउँदो चैत १६ गते शनिबार नेपाल बन्दको आह्वान गरेको छ ।
पार्टीका क्रियाकलापमाथि सरकारले प्रतिबन्ध लगाएपछि सोको विरोधमा वन्दको घोषणा गरेको हो । सोमवार एक विज्ञप्ती जारी गर्दै नेकपाले आन्दोलनका कार्यक्रम गर्ने जनाएको छ । जारी विज्ञप्तिअनुसार चैत १३ गते चोक जुलुस, १४ गते कोणसभा, १५ गते मशाल जुलुस र चैत १६ गते शनिबार नेपाल बन्दको आह्वान गरिएको छ ।
पार्टीले चैत १९ गते देशभर अन्तरक्रिया गर्ने, २१ गते जनवर्गीय संगठनहरुको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन गरिने छ भने २४ गते देशभर जनसभाको आयोजना हुने पार्टीका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एसईई परीक्षालाई प्रभाव नपरोस भनेर शनिबार नेपाल बन्दको कार्यक्रम राखिएको विज्ञप्तीमा उल्लेख छ ।