२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

विप्लवलाई ठुलो धक्का,कोशी ब्यूरो इन्चार्ज घनश्याम श्रेष्ठ पक्राउ

1889 Shares
Spread the love

काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कोशी ब्यूरो इन्चार्ज घनश्याम श्रेष्ठ पक्राउ परेका छन् ।

श्रेष्ठलाई प्रहरीले गएराति पूर्वी क्षेत्रबाट पक्राउ गरेको हो । तत्कालीन द्वन्द्वकालीन समयमा श्रेष्ठ तत्कालीन माओवादीका ब्यूरो सदस्य थिए ।

शुक्रबार प्रहरीले चन्द समूहका तेस्रो वरियताका नेता एवम् मध्यक्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वलीसहित ९ जनालाई काभ्रेबाट पक्राउ गरेको थियो ।

चन्द समूहमाथि निकै कडा निगरानी गर्दै आएको प्रहरीले अर्का नेता श्रेष्ठलाई पनि पक्राउ गरेपछि चन्दलाई अर्को धक्का लागेको छ ।

प्रतिक्रिया