2052
Shares
काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले व्यापारी अजयराज सुमार्गीको जग्गा कब्जा गरेको छ । सुमार्गीको नाममा रहेको २५ रोपनी विप्लव समूहले कब्जा गरेको छ ।
शनिबार नेकपा विप्लव माओवादी कास्कीले एक विज्ञप्ति जारी गरी सुमार्गीको जग्गा कब्जामा लिएको दाबी गरेको हो । सोवासचन्द्र सिग्देल, रामचन्द्र र हरिचन्द्र सिग्देलको नाममा रहेको जग्गा आफ्नो कब्जामा रहेको विप्लव समूहले दाबी गरेको छ ।
सो जग्गा २०७१ असार २६ मा सुमार्गीको स्वामित्वमा रहेको कम्पनी मुक्ति श्री प्रालिलाई दुई करोडमा विक्री गरेको माओवादीको दाबी छ ।