२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

जापानसँगको नतिजा उल्टाउदै बेल्जियम यसरी पुग्यो क्वाटर फाइनल (भिडियो)

2376 Shares

काठमाडौँ । बेल्जियम विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ।

बेल्जियमले जापानविरुद्ध उत्कृष्ट कमब्याकगर्दै ३–२ को जित निकाल्दै क्वाटर फाइनलमा स्थान बनाएको हो । २–० ले पछि परको अवस्थामा बेल्जियमले जापानविरुद्ध उत्कृष्ट कमब्याक गर्न सफल भएको हो।

जापानले खेलको ४८ र ५२ औं मिनेटमा लगातार दुई गोल गरेको थियो । गेन्की हारागुचीले गाकु सिबासाकीको पासमा काउन्टरमा सुरुवाती गोलगर्दा जापानका लागि दोस्रो गोल ताकासी इन्युले गरेका थिए । इन्युले सिन्जी कागावाको पासमा गोल गरेका थिए ।

तर जापानले आफ्नो दुई गोलको अग्रता जोगाउन सकेन । बेल्जियम लगातार दुई गोल गर्दै बराबरी खेलमा फर्कियो । बेज्लियमका लागि खेलको ६९ औं मिनेटमा जान भर्टोङगंनले हेडरमार्फत गोल गरेभने ७४ औं मिनेटमा मराउने फिलेनीले समेत हेडर मार्फत गोल गरेपछि खेलले नाटकीय रुप लिएको थियो ।

त्यसपछि निर्धारित ९० मिनेटमा चार मिनेट अतिरिक्त समय थप गरिएको थियो । त्यस सयममा बेल्जियम भाग्यशाली सावित भयो । खेल लगभग समाप्त हुन लागेको समयमा बेल्जियमल आफ्नो पोस्टबाट सिधै काउन्टरमा बल कुदाएको थियो ।

त्यस अवस्थामा थोमस मुनिएरको पासमा नेसिर चाड्लीले काउन्टरमै गोल गरेपछि खेल अन्तत स् बेल्जियमले जित्न सफल भयो । यस खेलसँगै बेल्जियम क्वाटर फाइनलमा प्रवेशगर्दा उत्कृष्ट खेलको जापान प्रतियोगिताबाट बाहिरिएको छ ।

अब बेल्जियमले क्वाटर फाइनलमा बलियो टोली ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया