२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

बेलायती अर्थतन्त्रमा अपेक्षा गरिएभन्दा छिटो वृद्धि

1671 Shares
Spread the love

लण्डन । बेलायतको अर्थतन्त्रमा सोचेभन्दा छिटो वृद्धि आएको यो वर्षको पहिलो तीन महिनाको तथ्याङ्कले देखाएको छ। तर यो सन् २०१७ को अन्त्यमा देखिएको वृद्धिदरमा देखिएको कमी अझै सन्तोषजनक अवस्थामा भने देखिएको छैन।

कुल ग्राहस्थ उत्पादन, कुनै एक अर्थतन्त्रमा उत्पादन हुने सवै सामान र सेवाहरू सम्मिलित मूल्य, पहिलो तीन महिना अर्थात् मार्च महिनाको अन्त्यसम्ममा ०.२ प्रतिशतले वृद्धि भएको बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

कार्यालयले उक्त अवधिमा पहिले भएको वृद्धिदरभन्दा सामान्य परिवर्तन भई ०.१ प्रतिशत बढ्ने प्रक्षेपण गरिएको थियो। तर आर्थिक विश्लेषकहरूले कुनै सुधार हुने सङ्केत नरहेको बताएका थिए। तरपनि गतवर्षको अन्तिम तीनमहिनाको तुलनामा यो वृद्धिदर ०.४ प्रतिशतले कमी भएको अवस्था हो।

प्रतिक्रिया