२०८३, १६ असार मंगलवार
×

ट्रेन्डिङ

महिला विश्वकप छनोटः कप्तान रुबिना क्षेत्रीको ह्याट्रिकसँगै नेपालको जित

1135 Shares
Spread the love

काठमाडौं । थाईल्याण्डमा जारी आईसीसी महिला विश्वकप छनोट क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । बुधबार भएको अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले हराएको हो ।

बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा नेपालले दिएको ११७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ८६ रन बनायो ।

कुवेतलाई सस्तैमा समेट्न कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक विकेट लिईन ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ११६ रन बनाएको थियो  ।

खराब सुरुवात गरेको नेपालको लागि बिन्दु रावलले अविजित रहदै सर्वाधिक २८ रनको योगदान दिईन् । ४८ रन जोड्दा ५ विकेट गुमाईसकेको नेपालको सम्मान जनक योगफलमा बिन्दुले ४९ बलमा एक चौका प्रहार गरिन्  । कप्तान रुबिना क्षेत्रीले  १३ बलमा ३ चौकासहित २२ रन बनाईन् ।

प्रतिक्रिया